काठमाडौं । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् ।
मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्यालीसहित सिंह राष्ट्रियसभा गृह जाने भएकी हुन् ।
सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टुंगो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ पनि जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी) का हुन् ।
१२ बजे भने नेकपा एमालेले प्रमुख पदमा उम्मेदवार छानेका केशव स्थापित र उपप्रमुख पदमा छानेकी सुनिता डंगोल मनोनयन दर्ता गर्न राष्ट्रियसभा गृह जाने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया