उदयपुर । पार्टीले आफुहरूलाई उपेक्षा गरेको भन्दै उदयपुरका दुई नगरपालिकामा एमालेबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । कटारी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख भिमकुमारी राउत र नारायण खड्काले त्रियुगा नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।
भिमकुमारी राउतले कटारी नगरपालिकाको नगर प्रमुख पदमा र नारायण खड्काले त्रियुगा नगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेले त्रियुगा मेयरमा आधिकारिक उम्मेदवारका रुपमा भागवत राउतलाई टिकट दिएको छ । कटारीको नगर प्रमुख पदमा भिमकुमारी राउतले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन ।
एमालेले कटारीमा निवर्तमान नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई दोहोर्याउने र उपप्रमुखमा नेतृ गीता खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेपछि भिमकुमारीले स्वतन्त्रमा उम्मेदवारी दिएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया