लमजुङ एमालेले आठवटै पालिकाको उम्मेदवार टुंग्यायो

लोकपथ
105
Shares

लमजुङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ ।

लमजुङ एमालेले जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेदवार चयन गरेको हो । सोमबार चारवटा नगरपालिका र चारवटा गाउँपालिकाका ७५ वटा वडा रहेकोे लमजुङको सदरमुकाममा रहेको बेँशीसहर नगरपालिकामा हालका मेयर गुमानसिह अर्याल नै दोहोरिने भएका छन् । बेँशीसहर नगरपालिकाको उपमेयरमा पद्मा गुरुङलाई चयन गरिएको छ ।

लमजुङको राइनास नगरपालिकामा पनि हालका मेयर सिंहबहादुर थापालाई दोहोर्‍याइएको छ । उपमेयरमा शोभा पन्थीले टिकट पाएकी छन् ।

मध्यनेपाल नगरपालिकामा हालका उपप्रमुख राजकुमार श्रेष्ठलाई मेयरमा चयन गरिएको छ भने उपमेयरमा सीता गुरुङलाई चयन गरिएको छ ।

सुन्दरबजार नगरपालिकामा मेयरमा भिमबहादुर गुरुङ र उपमेयरमा भवनी केसीलाई उठाउने निर्णय गरिएको एमाले लमजुङले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिकामा हालका अध्यक्ष अर्जुन गुरुङलाई अध्यक्षमा दोहोर्‍याइएको छ भने उपाध्यक्षमा जुना थापालाई उम्मेदवार बनाइएको छ ।

दोर्दी गाउँपालिकाको अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ रहेका छन् भने क्व्होलासोथार गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा गमी गुरुङलाई चयन गरिएको छ ।

यसैगरी दुधपोखरी गाउँपालिकाको अध्यक्षमा तेजबहादुर गुरुङ र उपाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?