१३०० गुम्वा–बिहार अलपत्र

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले क्षतिग्रस्त गुम्वा÷ बिहारहरु बनाइदिने आश्वासन दिएको लामो समय बितिसक्दा पनि कुनै प्रक्रिया अघि नबढाएको भन्दै नेपाल गुम्वा बिहार महासंघ संघर्षमा उत्रने भएको छ ।

महासंघका अध्यक्ष सोम्वले तामाङले सरकारको वेवास्ताका कारण भत्किएका संरचना बन्न नसकेको दावी गरे । ‘हामीले सबै प्रक्रिया पु¥याइसकेका छौं, सरकार र प्राधिकरण तथा अन्य निकायले पनि सहमति जनाएका थिए तर अहिले आएर अलपत्र भएका छौं’ अध्यक्ष तामाङले भने –‘ कि त सुरुमै दिन्न भनेको भए हुन्थ्यो, आउने पैसा त पाइनौं तर पूर्व तयारी गर्दा भएको खर्च पनि पाइनौं ।’
सुरुमा ९ सय ९३ वटा गुम्वाको गणना भएको थियो पछि २०७४ साल कात्तिक १९ गते अर्को सूचना जारी गरी १५ दिनसम्मलाई छुटेका गुम्वा÷बिहारलाई आवेदन दिन माग गरिएको थियो । यो पटक ४ जिल्ला थपिएको छ । पछिल्लो पटक थपिँदा यो संख्या १हजार ३ सय २० पुगेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?