कांग्रेसबाट ललितपुरको मेयरमा पुनः चिरिबाबु, केहीबेरमा मनोनयन

लोकपथ
49
Shares

काठमाडौं । ललितपुर महानगरपालिका नेपाली कांग्रेसका तर्फबाट मेयरमा चिरिबाबु महर्जन उम्मेदवार बनेका छन् ।

हाल महानगरको मेयर समेत रहेका महर्जनलाई कांग्रेसले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

मेयरमा चिरिबाबुको पक्का भएपछि आजै ललितपुरको जावलाखेलस्थित ललितपुरको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको तयारी भएको छ । केहीबेरमा महर्जन दलबलसहित मनोनयन दर्ता गर्न जाने कार्यक्रम रहेको छ ।

२०७४ सालमा ललितपुरमा निर्वाचित महर्जनले राम्रो काम गरेको भन्दै चर्चा भइरहेको छ ।

हाल सरकारको नेतृत्व गरिरहेको सत्तारुढ गठबन्धनको निर्णय अनुसार कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरमा मेयर पाउने भएको छ ।

सो क्रममा कांग्रेसले काठमाडौंमा सिर्जना सिंह र विराटनगरमा नागेश कोइराला उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?