राप्रपाद्वारा ८ मन्त्रीको नाम सिफारिश

काठमाडौँ, २७ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन अध्यक्ष कमल थापाको नेतृत्वमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई सिफारिश गरेको छ ।पार्टीले राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिश गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । उनका अनुसार उनीहरुले शनिबार शपथ लिने कार्यक्रम छ । पार्टीबाट व्यवस्थापिका–संसद्मा १९ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?