नुवाकोट । राजनीतिक रुपमा सधैँ चर्चामा रहने नुवाकोटमा अन्ततः गठबन्धन भत्किएको छ । दलहरुको आ(आफ्नै अडानका कारण कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल नहुने भएको हो ।
जसअनुसार कांग्रेस एक्लै चुनाव लड्ने भएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर जाने भएका छन् ।
सोमबार बसेको माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठकले जिल्लाका १२ वटै पालिकामा भागबण्डा टुंग्याएको छ ।
बैठकको निर्णयअनुसार बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, लिखु गाउँपालिका, सुर्यगढी गाउँपालिका, दुप्चेश्वर, म्यागङ र किस्पाङमा माओवादी केन्द्रले प्रमुखको दाबी गरेको छ । भने शिवपुरीमा एकीकृत समाजवादीले प्रमुख पाउने भएको छ । भने तादीमा मित्रवत प्रतिष्पर्धा हुने बताइएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले सबै वडाहरुमा छलफल गरेर जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया