२० मङ्सिर २०८०, बुधबार

पूर्वसांसदलाई पार्टीमा भित्र्याए प्रचण्डले

२०७४,आश्विन,२७,शुक्रवार १४:४९

0
Shares

काठमाडौँ, २७ असोज – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरण हुन लागेको बताएका छन् ।माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पूर्वराज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै नेता प्रचण्डले नेकपा(एमाले) सहित वाम एकताको प्रयास राष्ट्रिय एकता, स्वाधीनता र जनताको अधिकारका पक्षमा रहेको बताए । उनले भने , “हामी हिमाल, पहाड र तराई–मधेशमा बस्ने सबै जनताको पहिचान र अधिकारका पक्षमा रहेका छौँ । संविधानलाई संशोधन र परिमार्जन गर्दै सबैका अधिकार समेट्न पनि एमालेसँग हाम्रो सहमति छ ।”कार्यक्रममा पूर्वसांसद रासनारायण राय, पूर्वगाविस अध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि राजदेवी सहनी, पूर्वगाविस अध्यक्ष तथा राजपाका केन्द्रीय सदस्य किशोरीप्रसाद यादवलगायत १२ नेता माओवादी केन्द्रमा प्रवेश गरे ।आज नै नेपाली जनप्रगतिशील मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपाली संघ(एनआरएन)को महत्वपूर्ण भूमिका हुने बताए । मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको र संविधानको कार्यान्वयनसँगै नेपालको आर्थिक, सामाजिक विकासमा एनआरएनले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार