सत्तारुढ पाँचदलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्न अधिकतम कोशिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको गठबन्धन बैठकले सोमबार मनोनयन अघिसम्म बाँडफाड मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । गठबन्धनभित्र स्थानीय तहहरुमा भागबण्डा नमिलेको अवस्थामा यस्तो निर्णय भएको हो ।
यस्तै सोमबार बिहान ८ बजे पाँचै दलका अध्यक्षहरू बसेर बाँकी विषय मिलाउने सहमति पनि भएको छ । यस्तै बिगत समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने सहमति पनि भएको छ ।
यसैबीच पाँच दल बाहिर तालमेल नगर्ने यसअघिको निर्णयलाई गठबन्धनले दोहोर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया