एमालेले लगायो दाङका सबै तहका उम्मेदवार

लोकपथ
147
Shares

दाङ । नेकपा एमाले दाङले जिल्लाका १० वटै स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको छ । घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीकै प्रमुखमा विजयी भएका थिए । उनलाई पार्टीले पुनः प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । तुलसीपुर उपमहानगरको प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । त्यसैगरी लमही नगरपालिकामा प्रमुखमा डन्डीराम चौधरी र उप प्रमुखमा सुशीला शर्मालाई उम्मेदवार बनाएको छ ।

बबई गाउँपालिकाको अध्यक्षका लागि भुवनेश्वर पौडेल र उपाध्यक्षका लागि साबित्रा विश्वकर्मा उम्मेदवार बनाएको छ । दुवै जना अघिल्लो २०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।

शान्तिनगर गाउँपालिकामा अध्यक्षका लागि विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिकामा अध्यक्षका लागि एमएन शाह र उपाध्यक्षका लागि बुधनी चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा जगत पोखरेल र उपाध्यक्षमा कमलापति चौधरी उम्मेदवार बनेका छन् ।

गढा गाउँपालिमा अध्यक्षका लागि सहजराम अहिर र उपाध्यक्षका लागि सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्षका लागि कुलराज गिरी र उपाध्यक्षका लागि सीता यादव, बंगलाचुली गाउँपालिमा अध्यक्षका लागि भेषराज खत्री र उपाध्यक्षका लागि सरस्वता घर्ती उम्मेदवार बनाइएका छन् । एमालेले उम्मेदवारहरूको जिल्लाभरी सोमवार मनोनयन दर्ता गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?