कर्णालीका दुई जिल्लामा अझै मिलेन भागबण्डा

लोकपथ
221
Shares

सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठ वटा जिल्लामा भागबण्डा टुंगो लगाएको छ । अझैँ दुई जिल्लामा सहमति हुन सकेको छैन । बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवार बाँडफाँटको टुंगो लगाएको हो ।

रुकुम पश्चिम र सुर्खेतको विषयमा कुरा मिलाउनका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका प्रभावशाली नेता जनार्दन शर्माबीच वार्ता भइरहेको छ । हालसम्म हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाको पालिकाको बाँडफाँटमा गरिएको छ । रुकुम पश्चिम र सुर्खेतमा भने भागबण्डा मिलाउन बाँकी छ ।

रुकुम पश्चिमका माओवादीले एकलौटी जितेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल अनुसार कांग्रेसले रुकुम पश्चिममा धेरै पालिका मागेको छ । माओवादीले पनि धेरै मागेको बताएको छ । रुकुम पश्चिमका कांग्रेसले एउटा पनि जितेको छैन भने सुर्खेतमा माओवादीले पनि जितेको छैन ।

माओवादीले कांग्रेसलाई रुकुममा जितेको ठाउँ दिँदा सुर्खेतमा पनि कांग्रेसले जितेको ठाउँमा माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने आफूहरूको माग रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?