काठमाडौं । नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दलले काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेको छ ।
शनिबार डा. गोविन्द केसीको समर्थनमा गरिएको प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा तरुण दल संगठनका अध्यक्ष जितजंग बस्नेतसहित एक दर्जन नेता तथा कार्यकर्तामाथि प्रहरीले गरेको धरपकडको विरोधमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रर्दशन गरेका हो ।
नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंका अध्यक्ष कृष्णजी खड्काका अनुसार सरकारले नागरिक अधिकार हनन् हुनेगरी गरेको दमनको विरोधमा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया