गोरखामा एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लोकपथ
117
Shares

गोरखा । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साबिक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इन्जिनियर दीपकराज कँडेलले बताए।

उनले भने, ’अब जिल्लामा दुई विद्यालयका एक–एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।’

बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा माध्यमिक विद्यालयमा चारकोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ ।

ति बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार÷चार कोठे एक–एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?