काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरको टिकट वितरणको जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
आज बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले महानगर तथा उपमहानगरमा उम्मेदवार टुंग्याउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।
आज नै टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठबन गरेको छ । तर उक्त अधिकार प्रत्योजन गर्दै टिकट वितरणका लािग देउवालाई अधिकारी दिइएको हो ।
गठबन्धनको निर्णय अनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयरमा कांग्रेसले उम्मेदवारी दिनेछ । भने वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ ।
त्यसैगरी उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीमा मेयर उम्मेदवार उठाउनेछ भने जितपुर सिमरा, घोराही र हेटौडामा उपमेयरमा कांग्रेसको भागबण्डा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया