काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो ५ बुँदे फरक मत राखेका छन् ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पूर्वमन्त्री समेत रहेका नेता केसीले स्थानीय निर्वाचनका विषयमा आइरहेका विषयमा पार्टीको ध्यानाकर्षण गराउँदै फरक मत राखेका हुन् ।
जारी बैठकमा नेता केसीले स्थानीय स्तरमा भएको चुनावी तालमेलमा हस्तक्षेप भएको, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएकोलगायतका विषय समेटेर उनले फरक मत राखेका हुन् ।
आगामी निर्वाचनमा महानगरको मेयर र उपमेयर टुंग्याउनका लागि सानेपामा बैठक जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया