कानूनमन्त्री तामाङले माफी मागे

काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् । साउन ४ गते एक विद्यालयमा एसईई परीक्षा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्दै मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्राहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए । 

यस लगत्तै कानूनमन्त्री तामाङको चौतर्फी चर्को विरोध भएको थियो भने बंगलादेशमा अध्ययन गर्न गएका छात्राहरुले व्यापक विरोध गरेका थिए । सामाजिक सञ्जालमा पनि उनको चर्को विरोध भएको थियो । विरोधपछि तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् ।

‘विद्यार्थीहरुले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो’, विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।’

साथै उनले विज्ञप्तिमार्फत सधै नारी अस्मिताको रक्षामा रहेको समेत बताएका छन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?