काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।
केही बेरअघि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको एक नेताले जानकारी दिए ।
उक्त बैठकले काठमाडौं महानगरसहित अन्य तीन महानगरपालिकाको उम्मेदवार टुंग्याउनेछ । यसअघि कांग्रेसको शीर्ष नेताहरुको बैठकमा समेत सो विषयमा छलफल भएको थियो । कार्यसम्पादन समितिको बैठकले कांग्रेसले पाएको उपमेयरको उम्मेदवारहरुको समेत नाम टुंग्याउनेछ ।
यसअघि शुक्रबार र शनिबार बसेको बैठकमा काठमाडौंको मेयरमा कांग्रेसका तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंहलाई अघि सार्ने निर्णय गरेको छ । भने अन्य महानगरको विषयमा भने छलफल जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया