‘लोकतन्त्रको शुभकामना दिन गुटतन्त्र, धनतन्त्र र विदेशी भक्तितन्त्रको विरोध गर्नुपर्छ’

लोकपथ
161
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले लोकतन्त्र दिवसको शुभकामना दिनका लागि सिद्धान्तहीन, पदतन्त्र, गुटतन्त्र, धनतन्त्र र विदेशी भक्तितन्त्रको विरोध गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘लोकतन्त्रको शुभकामना आदानप्रदान गर्ने हो भने सिद्धान्तहीन पदतन्त्र, गुटतन्त्र, धनतन्त्र, मनपरितन्त्र, भ्रष्टाचारतन्त्र र विदेश भक्तितन्त्रको विरोध गरौं!’

त्यसैगरी देश र जनताको सर्वोपरी हितमा संविधानको परिपालन गर्न सत्ता र शक्तिधारीहरु बाध्य हुने स्थितिको सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘देश र जनताको सर्वोपरि हितमा संविधानको परिपालन गर्न सत्ता र शक्तिधारीहरू बाध्य हुने स्थितिको सिर्जना गरौं ’

आज विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?