पार्किङमा राखेको स्कुटर चोरी गर्ने २ पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलस्थित सडकमा पार्किङ गरी राखेको स्कुटर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको धनगढी चौराहा घर भई हाल ललितपुरको ग्वार्को बस्ने शिखर रेग्मी र कालिको कोटवडा घर भइ हाल भक्तपुर कमलविनायक बस्ने उत्तम विष्ट रहेका छन् । 

उनीहरुले शंखमुलस्थित सडकमा पार्किङ गरी राखेको बा ३० प १८५३ र बा ४४ प ३१०४ नं.को स्कुटर चोरी गर्दै गरेको अवस्थामा महानगरिय प्रहरी वृत्त बानेश्वबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?