काठमाडौं । नेपाली कांग्रेसले भ्यूटावर र स्वागतद्वार जस्ता संरचनालाई प्राथमिकता नदिने भएको छ ।
कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनको लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै भ्यूटावर जस्ता संरचनाहरु नबनाउने प्रतिबद्धता जनाएको हो ।
‘जनताको करबाट उठेको राजश्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौँ’ घोषणापत्रका भनिएको छ ।
आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया