कांग्रेस सभापति देउवा विदेश भ्रमणमा नजाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ७ दिने विदेश भ्रमण स्थगित गरेका छन् । 

सभापति देउवाको आइतबार अपरान्ह जापान र सिंगापुर भ्रमणमा जाने कार्यक्रम रहेको थियो । तर, अहिलेको राजनीतिक स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकता देखाउँदै देउवाले भ्रमण अन्तिम समयमा स्थगित गरेका हुन् । 

कांग्रेस मुख्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा केहि दिन यता विकसित राजनैतिक परिस्थितिलाई मध्यनजरमा राख्दै देउवाले आफ्नो ७ दिनको विदेश भ्रमण स्थगित गरेको उल्लेख छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?