काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार निरंकुश र दमनकारी शैलीमा अघि बढेको बताएका छन् ।
विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारको दमन धेरै समय नटिक्ने चेतावनी दिए ।
सरकारले डा. गोविन्द केसीको माग बारे समाधान खोज्नुभन्दा पनि निरंकुशता र दमन तर्फ उन्मुख हुँदै गएको बताउँदै नेता पौडेलले समाजवाद उन्मुख भनेर संविधानमा लेख्न बढी सक्रिय भएका कम्युनिष्टहरुनै अहिले समाजवादको नाममा नयाँ शोषक वर्ग जन्माउन उद्धत रहेको बताए ।
कांग्रेसले निरंकुशता, सर्वसत्तावादी र अधिनायवादी सरकारी शैली रोक्न कडा प्रतिवाद गर्नुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया