काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरी कानूनमन्त्री शेरबहादुर तामाङले हालै दिएको अभिव्यक्तिलाई लाई लिएर चौतर्फी विरोध भएको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री तामाङको अशिष्ट र आपत्तिजनक अभिव्यक्ति प्रति राप्रपा निन्दा एवं भत्सर्ना गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।
मन्त्री तामाङले केही दिनअघि बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने महिलाहरु यौन शोषणमा पर्ने गरेको बताएका थिए । उनको अभिव्यक्तिपछि बंगलादेशमा पढ्न गएका महिला विद्यार्थीले पनि उनको अभिव्यक्तिको विरोध गरेका थिए ।
केही दिन अघि नेपाली चेलीहरु बंगलादेशस्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धी सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने विर्तामोड स्थित बी एण्ड सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले पनि यस्तै अभिव्यक्ति दिएका थिए । राप्रपाले प्रसाईंलाई पनि कानूनको दायरामा ल्याउन माग गरेको छ ।
यतिबेला कानूनमन्त्री र दुर्गा पर्साईंको अभिव्यक्तिलाई लिएर चर्को विरोध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया