काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवसको अवसरमा बोल्दै अधिनायवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध एक जुट भएर लड्न तयार रहन निर्देशन दिएका हुन् ।
विगत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेकाले पुरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।
त्यस्तै ‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसँग लड्यौ, राणासँग लड्यौ, भोली कम्ष्युनिष्टसँग लड्न परे लड्छौ ।’ देउवाले भने ।
प्रजातन्त्र विरोधी, मानव अधिकार विरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा जोड दिँदै उनले भने, कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफुहरुले अहिले मात्रै चिन्दै आएको बताए ।
कम्युनिष्ट सरकारले एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया