१७ मङ्सिर २०७९, शनिवार

माओवादी केन्द्रबाट १३ जना सिफारिश

२०७४,आश्विन,२७,शुक्रवार १४:४६

9
Shares

कालीकोट, २७ असोज – नेकपा (माओवादी केन्द्र) कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने सङ्घ र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको छ ।बिहीबार बसेको बैठकले सङ्घको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ यशोदा न्यौपानेलाई सिफारिश गरेको छ ।त्यसैगरी प्रदेशका लागि प्रदेश नं १ बाट धनजित शाही, अनन्त विक, गणेशबहादुर शाही, खेमबहादुर सिंहलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ कृष्णप्रसाद आचार्य, कृष्णकला शाही, राजकुमारी सिंहलाई सिफारिश गरेको नेकपा (माओवादी) का सरोज बोगटीले बताए ।त्यसैगरी प्रदेश नं २ बाट जीवनबहादुर बुढा, प्रकाश रोकाया र विष्णु विकलाई सिफारिश गरेको छ ।यसअघि नेकपा (एमाले), नेपाली काँग्रेस, राप्रपा र राप्रपा (लोकतान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्तिले पनि उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १४:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८