चोरी सामान सहित ४ जना पक्राउ

काठमाडौं । महानगर प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले चोरी भएको सामानसहित ४ जनालाई आइतबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ घर भई हाल ढल्कु बस्ने १७ वर्षका प्रशान्त अधिकार र गोरखा घर भई हाल क्षेत्रपाटी बस्ने वर्ष १७ का सुदिप गुरुङ रहेका छन् ।  दुई जनाको नाम भने खुलाईको छैन । 

उनीहरुले कुमारीस्थान नजिकै सानुकान्छा पुतुवारको घरमा डेरा गरी बस्ने नुवाकोट थप्रेकका पार्वती थापाको कोठाबाट ताल्चा फुटाई सुनका गरगहना, मोबाइल तथा नगद चोरी गरेका थिए । 

महानगर प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले सुदिप गुरुङलाई चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
अनुसन्धान पछि निजसँगै चोरीमा संलग्न अन्यलाई नयाँ वसपार्कस्थित पवित्र प्यालेस गेष्ट हाउसबाट चोरी भएको सामानसहित गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट प्रहरीले सुनको जन्तर थान–१, ईण्डियन मंगलसुत्र थान–१, हार थान–१, छड्के तिलहरी थान–१, औंठी थान–४, झुम्का २ जोर, माला थान–१, टप १ जोर, फुली थान–२ जम्मा आठ तोला सुन प्रहरीले बरामद गरेको छ ।   साथै चाँदीका बाला थान–३, बिछिया थान–५, औंठी थान–१, पाउजु १ जोर, भारतिय र भुटानी सिक्का थान–२, घडी थान–१,मोवाईल थान, पन्ध्र हजार नगद बरामद गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?