काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार शंकर खरालले उम्मेदवारी दर्ता गराउनुअघि भ्रष्टाचार नगर्ने कसम खान मन्दिर पुगेका छन् । उनी विन्ध्यावासिनी मन्दिरमा पुगी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको रुपमा सपथ लिँदा पनि भ्रष्टाचार नगर्ने अतिरिक्त सपथ लिएका थिए । स्थानीय तहको निर्वाचनमा राप्रपाले भ्रष्टाचारको विषयलाई प्रधान विषय बनाउदै आएको छ ।
खराललाई राप्रपाले पोखराको मेयरको टिकट दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया