डा. केसीको मागलाई समर्थन गर्दै वसन्तपुरमा सामूहिक सत्याग्रह शुरु

काठमाडौं । डा. गोविन्द केसीका मागमा समर्थन जनाउन राजधानीको वसन्तपुरमा सामूहिक नागरिक सत्याग्रह शुरु भएको छ । 

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै डा. केसी विगत २३ दिनदेखि अनसनमा छन् । 

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा आइतबार बिहान १० बजेदेखि शुरु भएको सत्याग्रह साँझ ५ बजेसम्म जारी रहने छ ।

डा. केसीको माग सम्बोधनका लागि प्रबुद्ध नागरिक समाजले दबाव बढाउँदै लगेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?