बालेन शाहले गराए काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने कुराले निकै चर्चा कमाएका चर्चित र्‍यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेनले निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

शाहले शनिबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए।

र्‍यापर बालेनले सामुदायिक विद्यालयको पूर्वाधार विकाश, वातावरणमा सुधार, सीसीटिभी जडान, प्राविधिक शिक्षालगायतका क्षेत्रमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?