काठमाडौं : पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इ युरोप भ्रमणमा जान लागेका छन् । श्रीमती हिसिला यमीसहित उनी १८ दिनसम्म युरोपमा रहनेछन् ।
शुरूमा प्राज्ञिक भ्रमणका लागि भन्दै अाज भट्टरार्इ रूस जानेछन् । त्यसपछि जर्मनी, बेल्जियम, स्वीडेन, फ्रान्स र र्इटालीमा पनि भट्टरार्इले भ्रमण गर्नेछन् ।
भ्रमणक्रममा डा. भट्टरार्इले विज्ञ व्यक्तित्व एवं राजनीतिज्ञ तथा विद्यार्थीसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम राखेका छन् ।
साउन १३ गते गैह्र अावासीय नेपाली संघको युरोपीय क्षेत्रीय बैठकमा सहभागीता जनाउन लागेका डा. भट्टरार्इले यसबीचमा जर्मनीमा रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया