सल्यानमा जेसीबी पल्टिँदा चालकको मृत्यु

लोकपथ
49
Shares

सल्यान । सल्यानको बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय चालक देवराज खत्री रहेका छन् ।

दुर्घटनामा परी परिचालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्रबहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?