नेपालगञ्जको चाँद सिरक उद्योगमा अागलागी

बाँके : नेपालगञ्जको वि.पी. चोकनजिकै रहेको चाँद सिरक उद्योगमा अागलागी हुँदा २० लाख रूपैयाँबराबरको धनमान जलेर नष्ट भएको छ । 

शनिबार राती करिब १० बजेतिर उद्योग नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट सर्ट भर्इ अागलागी भएको प्रहरीले जानकारी दिएको छ । 

स्थानीय मोहम्मद अार्इसले भाडामा लिएर यो सिरक उद्योग चलाउँदै अाएका थिए । 

स्थानीयबासी र सुरक्षाकर्मीले दमकल प्रयोग गरि अागो नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?