काठमाडौं । काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बा ५० प ९९३६ नम्बरको मोटरसाइकल आज बिहान साढे पाँच बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ का अन्दाजी ३२ वर्षीय कमल आलेमगर र २२ वर्षीय गोपाल आलेमगर रहेका छन् ।
दुवै जनाको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया