अब पाइपलाइनबाट पुग्छ घरघरमा ग्यास

विराटनगर – घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ ।

विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।  

उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको हाे ।  

विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?