पाँचथर । पाँचथर जिल्ला फुटबल सङ्घको अध्यक्ष गणेशबहादुर राई निर्वाचित भएका छन् । फिदिममा आज सम्पन्न सङ्घको छैटौँ अधिवेशनमा अध्यक्षका प्रत्याशी विमलकुमार श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्दै राई अध्यक्ष निर्वाचित भएका हुन् ।
सङ्घमा आबद्ध ११ फुटबल क्लबका प्रतिनिधिले निर्वाचनमा भाग लिएका थिए । अध्यक्ष पदमा राईले आठ मत प्राप्त गर्दा श्रेष्ठले तीन मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सङ्घको उपाध्यक्षमा शिवकुमार लावती, युन्छोकहाङ तुम्बापो र सागर नेम्वाङ विजयी भएका छन् । उपाध्यक्षमा टङ्क गुरुङ, चन्द्रराज आङदेम्बे र राजु तामाङ पराजित भए ।
यस्तै सदस्यहरूमा अनिल थाम्सुहाङ, कमल लावती, कवीरमान तुम्बापो, जर्गबहादुर लावती, प्रेमराज चेम्जोङ, कुवेर आङदेम्बे, बालकुमार थापा मगर र श्याम गुरुङ तथा महिला सदस्यमा सम्झना राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित कार्यसमितिका पदावधि चार वर्षको हुने एन्फाको विधानमा व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया