काठमाडौंको चन्द्रागिरिमा महिलालाई साडी वितरण गर्न खोजिएपछि पुग्यो प्रहरी

लोकपथ
7
Shares

काठमाडौंको चन्द्रगिरि नगरपालिकाले निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरुलाई वितरण गर्न लागेको साडी प्रहरीले बरामद गरेको छ। निर्वाचनको आचारसंहिता विपरित स्थानीय महिलाहरुलाई वितरण गर्न भनि नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो ।

शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरुलाई साडी बितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले सो साडी बरामद गरेको हो । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट वितरण गर्न तयारी अवस्थामा राखिएको सो साडी बरामद भएको प्रहरीको भनाइ छ ।

उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?