प्राज्ञिककाे बाग्मती प्रदेश कार्यसमिति बैठक कीर्तिपुरमा प्रारम्भ

लोकपथ
126
Shares

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेश कार्यसमिति बैठक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रारम्भ भएको छ ।

सांगठनिक समिक्ष एवम् आगामी कार्य याेजना तय गर्ने उदेश्यले आयाेजना गरिएको बैठक प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल प्राध्यापक डा. ध्यानेन्द्र बहादुर राईले उद्घाटन गरेर प्रारम्भ भएको हाे ।

बैठककाे उद्घाटन सत्रमा व्यवस्थापन विभागका विभागिय प्रमुख प्रा.डा रामाजी गाैतमले बैठक सफलताकाे शुभकामना दिदै ” वर्तमान समयमा राज्यकाे प्रमुख निकायमा रहेका व्यत्तिहरू पार्टिकाे र विचारकाे दासत्वकाे सिकार भई आफ्नाे जिम्मेवारी ठिक र इमान्दारीताकाे साथ पूरा नगरेकाले विश्वविद्यालय , क्याम्पस र शिक्षा क्षेत्र समस्याहरूमा चरम समस्याहरू उत्पन्न भएको रत्यसलाई निराकरण गर्न हरेक क्षेत्रमा एक असल व्यत्ति आवश्यक रहेकाेले साेही व्यत्ति निर्माण गर्ने कार्य विद्यार्थी परिषद्ले गरिरहेकाे बताएका थिए । उनले असल व्यत्ति निर्माणका लागि परिषद् वाग्मती प्रदेशले अझ प्रभावकारी रूपमा काम गर्नु पर्ने बताएका थिए ।

त्यसैगरी, बैठकका प्रमुख अतिथि ध्यानेन्द्र बहादुर राईले मानिस विचार भन्दा पनि तल एउटा व्यत्तिकाे दासत्वबाट अगाडि बढन थालेकाे र राज्यकाे हरेक क्षेत्र विस्तारै केही न केही समस्याबाट ग्रस्त हुँदै गईरहेकाे समयमा विद्यार्थी परिषद्ले याे राष्ट्रकाे नै पुन निर्माण गर्नु पर्ने र त्यसकाे सुरूवात व्यत्तिबाट गर्ने भन्ने जुन लक्ष्य लिएकाे छ त्याे अत्यन्तै राम्रो भएको बताए । उनले विद्यार्थी परिषद्ले गरेकाे कार्यकाे प्रसंसा गर्दै बैठक पुर्ण रूपमा सफलताको शुभकामना गरेका थिए ।

वैशाख ९ र १० गते संचालन हुने बैठकमा विद्यार्थी परिषद् वाग्मती प्रदेशले विगतमा गरेकाे कार्यक्रमात्मक समिक्षा सांगठनिक समिक्षा , आगामी बर्षकाे बार्षिक कार्ययोजना , नगर अभ्यास वर्ग, जिल्ला अभ्यास वर्गकाे याेजना, सदस्यता अभियान , क्याम्पस कार्यविस्तार याेजना, सांगठनिक तीन राष्ट्रिय कार्यक्रम, रचनात्मक तथा आन्दोलनात्मक गतिविधिहरूकाे बारेमा विशेष छलफल पश्चात् आगामी कार्यक्रमहरूकाे घाेषणा गर्ने विद्यार्थी परिषद् वाग्मती प्रदेश अध्यक्ष डा.दयाराम भूषालज्युले जानकारी गराउनु भएको थियो ।

बैठकमा त्रिवि व्यवस्थापन विभागका विभागिय प्रमुख एवम् विद्यार्थी परिषद्का केन्द्रीय विशेष आमन्त्रित सदस्य प्रा.डा रामजी गाैतम , राष्ट्रिय महासचिव छितराज न्याैपाने, प्रदेश अध्यक्ष डा.दयाराम भुषाल, राष्ट्रिय मिडिया प्रमुख कृष्णप्रसाद हुमागाई लगायत प्रदेश समितका प्रमुख कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?