काठमाडौं । नेपाल डार्टस संघको आयोजनामा दशौँ राष्टिय डार्टस प्रतियोगिता २०७९ काे दशौँ संस्करण काठमाडौंमा सम्पन्न भएकाे छ। देशैभरिबाट छनौट भएका उत्कृष्ट ३२ खेलाडीहरूबीच तीब्र प्रतिस्पर्धा भएको उक्त प्रतियोगिता कोरोना भाइरस को महामारी पछिकाे सर्वोत्कृष्ट प्रतियोगिता भएको संघका महासचिव सुदर्शन जमकटेलले जानकारी गराए।

प्रतियोगितामा प्रजित बस्नेत विजयी भएका छन् । त्यसैगरी, आभाष पौडेल प्रतियोगिताको दोस्रो विजेता बनेका छन् । विजेतालाई divine wine र स्याण्डवीचका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रतियोगिताको प्रयोजन Divine wine ले गरेको थियो ।
आगामी दिनमा विद्यालय, कलेज, कर्पोरेट हाउस, लगायत सम्पूर्ण क्षेत्रमा व्यापक रूपमा यस खेललाई विस्तार गरी नयाँ ढंगबाट प्रस्तुत हुने जानकारी कार्यक्रम संयोजक प्रधुम्न न्यौपानेले बताए । करिब २लाख लागतमा सम्पन्न भएकाे उक्त प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो स्थान प्राप्त खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान कार्यक्रम पनि गरिएको संघ का केन्द्रीय सदस्य एवम् प्राविधिक संयोजक वीनुप राज खनालले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया