३ आश्विन २०७८, आईतवार

मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, होला त सपथ ?

२०७४,आश्विन,२७,शुक्रवार १४:४२


काठमाडौँ, २७ असोज- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयमा आज पत्र पठाएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ गिरी र विक्रम थापालाई मन्त्रीका लागि सिफारिस गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।यसैगरी राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिस गरिएको छ । राप्रपाले मन्त्रिपरिषद्मा सहभागी हुने नेताको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरेको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।मन्त्रीहरुको शपथ कार्यक्रम शनिबार हुने भनिए पनि अहिलेसम्म शपथको कार्यक्रम तय नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १४:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गरेका छन्। सातौँ संविधान दिवस

काठमाडौं । पत्रकार हरिबहादुर थापाले यस वर्षको संविधान दिवसमा सरकारले प्रदान गर्न लागेको विभुषण अस्वीकार गरेका छन् । विगतका वर्षहरुमा

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत मानपदवीसहित सम्मान गर्दै छ

ताजा समाचार

तनहुँमै पीसीआर परीक्षण
 २०७८,आश्विन,३,आईतवार ११:२६