स्थानीय तह निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता भोलि र पर्सि

लोकपथ
385
Shares

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

यसैको तयारीको सन्दर्भमा आयोगले आज दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गर्दैछ । आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?