काठमाडौं । शान्तिपूर्ण जुलुसमाथि सरकारद्वारा वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई गम्भीर रुपमा लिएको भन्दै नेपाली कांग्रेसले विज्ञप्तीमार्फत आपत्ति जनाएको छ ।
नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएको भन्दै विज्ञप्तीमा भनिएको छ ।
संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ । नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ । त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा. गोविन्द केसीले जारी राख्नु भएको अनशनको समाधान हो भन्ने कुरा जगजाहेर छ ।
अनशनको तेस्रो साता पूरा भइसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गर्दै नेपाली कांग्रेसले घोर भत्र्र्सना गरेको जनाइएको छ ।
नेपाली कांग्रेसकाप्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया