काठमाडौं । नेपाल विद्यार्थी सघंका नेता निरन्जन थापाले सघंको वर्तमान नेतृत्वले महाअधिवेशन गराउने भनेर विद्यार्थी माझ भ्रमको खेति गरेको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा आयोजित नेबिसघंको बाह्रौं महाधिवेसनका निम्ति दवाव कार्यक्रममा बोल्दै थापाले नेतृत्वको गैरजिम्मेवारपूर्ण कार्यशैलीले नै महाधिवेशनलाई अन्योलता तर्फ धकेलेको बताए ।
नेबिसघंको बाह्रौं महाधिवेशन साउन २३ गतेदेखि गर्ने भन्दै अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले समूहले छुट्टाछुट्टै बिज्ञप्ती जारी गरेको प्रति लक्षित गर्दै उनले अबको १८ दिनमा कसरी अधिवेशन सम्भव छ भन्दै प्रश्न गरे । उनले महाधिवेशन गर्नका लागि सबै पक्ष जिम्मेवार बनेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा बिद्यार्थी नेताहरु बलदेव तिमल्सिना,युवराज पाण्डे,गणेश सापकोटा, डुजाङ शेर्पा, बिपिन अधिकारि, निमा गिरि, पवन थापा, सन्तोष गुरुङ, सुवास घिमिरे, सुदिप अधिकारी, कुमार दुलाल लगायत विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया