११ चैत्र २०७९, शनिवार

पार्टी एकीकरणका लागि लोहनी र राणाबीच छलफल

२०७४,आश्विन,२७,शुक्रवार १४:३८

0
Shares

काठमाडौँ, २७ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत (राष्ट्रिय प्रजातन्त्र पार्टी) राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज दुई पार्टी एकीकरणका लागि छलफल गरेका छन् ।महाराजगञ्जमा भएको भेटमा एउटै परिवेशका दुवै पार्टीलाई एकताबद्ध गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी हुने विषयमा समेत छलफल भएको छ ।राप्रपा (राष्ट्रवादी)का अध्यक्ष लोहनीले मुलुकमा हिन्दू राष्ट्र तथा राष्ट्रिय हितका लागि राष्ट्रिय चरित्र भएको संस्थाको खाँचो औँल्याउँदै सो विषयमा राप्रपा (प्रजातान्त्रिक) प्रस्ट भए चाँडो दुवै पार्टीको एकता हुने विश्वास व्यक्त गरेको राप्रपा (राष्ट्रवादी) केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले दुवै पार्टीको वैचारिक दृष्टिकोणमा धेरै विषय समान रहेको भए पनि केही प्राविधिक विषयमा पार्टीमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको पछिल्लो राजनीतिक अवस्थामा लोकतान्त्रिक गठबन्धनमा भए पनि सहभागी हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार १४:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११