नेपाल प्रहरीका डीआईजीहरुको सरुवा र पदस्थापनाको निर्णय, नामावली हेर्नुहोस्

लोकपथ
112
Shares

नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरुको पदस्थापना भएको छ । गृह मन्त्रालयले शुक्रबारको निर्णयाअनुसार ४ डीआईजीहरुको पदस्थापना गरेको हो । पदस्थापना भइ जिम्मेवारी पाउनेहरुमा डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् ।
यस्तै नेपाल प्रहरीका ५ डीआईजीको सरुवा पनि भएको छ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरको बैठकअनुसार डीआईजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषेत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?