बेंसीशहर नगरपालिकाको दश जना एम्बुलेन्स चालकलाई सम्मान

लोकपथ
0
Shares

लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाले नगरपालिका भित्रका १० जना एम्बुलेन्स चालकलाई सम्मान गरेको छ । नगरपालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकहरुले कोभिड महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर दिनरात नागरिकको सेवामा खटिएको भन्दै एम्बुलेन्स चालकलाई सम्मान गरेको हो ।

बेंसीशहर नगरपालिकाका शंकर भण्डारी, सोमबहादुर घर्ती, दिपक गुरुङ, प्रकाश परियार, ईश्वरीबहादुर खत्री, नारायण वाग्ले, निश्चल दुलाल, सुनिल मिजार, कन्याप्रसाद सुनार, शिव श्रेष्ठलाई कोभिड संक्रमण जोखिमका अवस्थामा आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखेर संक्रमितहरुको सेवामा खटिएका कारण प्रशंसापत्र र १५/१५ हजार रुपैयाँका दरले सम्मान गरिएको छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले देशभर कारोना महामारी भइरहँदा दिनरात नभनि जनतालाई सेवा दिने चालकलाई धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?