काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले सिंहलाई मेयरको उम्मेदवार बनाउने निर्णय गराउने निर्णय गरेको हो ।
यसअघि महानगर कमिटीले सिंहसहित ५ जनाको नाम सिफारिस गरेको थियो । आजको बैठकमा सिंहको नाममा सहमति गर्नका लागि सबै जनाको सहमति भएको बैठकमा उपस्थित एक पदाधिकारीले लोकपथलाई जानकारी दिए ।
नेतृ सिंह नेपाल महिलासंघ हुँदै नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टी राजनीतिमा आएकी व्यक्ति हुन् । उनी कांग्रेस नेता प्रकाशमान सिंहको पत्नीसमेत हुन् ।
त्यस्तैगरी आजको बैठकमा सहमति भए पनि अन्तिम निर्णय भने भोलि बस्ने कांग्रेस कार्यसम्पादन समितिको बैठकले गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया