काठमाडौं । डाक्टर गोविन्द केसीको समर्थन र सरकारको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा दोहोरो झडप हुँदा अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन बढी घाइते भएका छन् ।
डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयाँवानेश्वर तर्फ जाँदै गरेको तरुण दलको -यालीलाई सुरक्षाकर्मीले वानेश्वर चोक रोकेपछि दोहोरो झडप भएको हो ।
तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले हस्तक्षप गरेको थियो ।
विरोध जुलुसमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडपको स्थिति श्रृजना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया