काठमाडौं । डाक्टर गोविन्द केसी २२ दिनदेखि आमरण अनसनरत रहँदा माइतीघरमा उनका समर्थकहरु माग पूरा गर्न दवाव दिन भेला भएका छन् । डाक्टर केसी चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै अनसनरत छन् । अनसनको २० औं दिनमा सरकारले जुम्लाबाट उनलाई काठमाडौं ल्याएको थियो ।
सोलिडारिटी प्रोफेसर गोविन्द केसी अभियानले माइतीघरमा बेलुन जुलुस निकालेका छन् । जसमा उनका समर्थक र केहि राजनीतिक पार्टीमा आवद्धहरुको समेत सहभागिता रहेको छ ।
हातमा बेलुन बोकेका डाक्टर केसीका समर्थकहरू माइतीघरदेखि बानेश्वरसम्म जाने र बानेश्वरमा कोणसभा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। यसअघि उनीहरूले छाता जुलुस गरेका थिए।
कोणसभामा पूर्वप्रधानन्याधीश सुशीला कार्की, नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत सहभागि छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया