पूर्वराजदूत लक्की शेर्पा एमालेमा प्रवेश

लोकपथ
161
Shares

काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् ।

यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?