तस्बिरमा हेर्नुहोस् एसईईको पहिलो दिन

लोकपथ
392
Shares

काठमाडौं । आजदेखि एसईई परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु भएको हो । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित गोकर्ण माध्यमिक विद्यालयमा परीक्षा दिँदै विद्यार्थी । २० वैशाखसम्म सञ्चालन हुने परीक्षामा ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी छन् ।

तस्बिरमा हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?